१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरपालिका प्रमुखका सात उम्मेदवारको जमानत जफत

लेखक स्थानीय खबर २५ असार २०७४, आइतबार २ मिनेट पढाइ


धनगढी
। धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजना उम्मेदवारकाे जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिं नागरी पाँच, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१ र नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसी ४५९ मतको जमानत जफत भएको हाे ।

यसैगरी उपप्रमुखमा उम्मेदवारी दिएका आठजनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा नयाँ शक्ति पार्टी, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, राजमो, नेमकिपा, नेपाल परिवार दलका प्रत्यासी र दुईजना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानूनी प्रावधान छ । उपमहानगरको चुनावमा कुल ५४ हजार ६५६ मत खसेकामा प्रमुखमा ४७ हजार ७६६ मत र उपप्रमुखमा ४४ हजार ५७६ मत सदर भएको छ ।

प्रमुखमा विजयी कांग्रेसका नृप वडले १४ हजार ३२४, प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७, नेकपा माओवादी केन्द्रका रामसमझ रानाथारुले १० हजार २०९, एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत प्राप्त गरेका थिए ।

यसैगरी उपप्रमुखमा विजयी कांग्रेसका सुशीला मिश्र भट्टले १७ हजार ४०८, एमालेकी रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत, माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १० हजार २५२ मत प्राप्त गरेका थिए ।

प्रमुखमा तीन हजार ९८१ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये एमाले सात, कांग्रेस तीन, माओवादी केन्द्र दुई र नेपाल लोकतान्त्रिक फोरम एक तहमा विजयी भएका छन् । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।