१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने



सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ । नवनिर्वाचित नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पुर्याएर उपचारसेवा दिने निर्णय गरेको हो ।

वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ । यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताए । सो नगरपालिकाको तथ्याङ्कअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको सङ्ख्या ४६९ छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक रु एक हजार प्राप्त गर्दै आएका थिए ।

योसंगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताए । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाले खुशी व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार ००:००