८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमहानगरपालिकाका पदाधिकारीद्वारा पदभार ग्रहण



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख डा धवलशम्शेर राणाले आज (बिहिबार) देखि आफ्नो पदभार ग्रहण गरेका छन् । त्यसैगरी उपप्रमुख उमा थापामगर, वडाध्यक्ष र सदस्यले पनि आजैदेखि आ–आफ्नो पदभार सम्हालेका छन् ।

नगरपालिका परिसरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरेपछि उनीहरुले पदभार सम्हालेका हुन् ।

नगर प्रमुख, उपप्रमुख समेत नेपालगन्ज उपमहानगरपालिकाको कूल २३ वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । त्यस अवसरमा नवनिर्वाचित प्रमुख राणा र उपप्रमुख मगरले जनतालाई गरेको वाचा र नगरको आवश्यकताअनुसार आफूहरुले काम गर्ने विश्वास दिलाए । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००