१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३१६ स्थानीय तहको नतिजाः एमाले १४१, नेपाली कांग्रेस ११७, माओवादी ३७ स्थानमा विजयी



काठमाडौँ । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।

आज बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार एमाले १४१, नेपाली कांग्रेस ११७, माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम ७, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएको छ । विजयी भएका पदहरू गाउँपालिका र नगरपालिकाको प्रमुख÷अध्यक्ष पद भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००