१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी



नवलपरासी, २२ असार । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रामग्राम नगरपालिकाको दमकलले आगो निभाएको थियो । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००