मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । आज साँझ सार्वजनिक अन्तिम मत परिणामअनुसार ननगर प्रमुखमा एमालेका दिलीपकुमार राईले ९ हजार ८७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशकुमार खड्काले ७ हजार २२४ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा पनि एमालेकै यमुना विष्ट ९ हजार ९२६ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रेमला राईले ७ हजार ३४४ मत प्राप्त गरिन् । यस नगरपालिकाको १० वडामध्ये एमालेले ५ वडाध्यक्ष, कांग्रेसले ३, माओवादीले एक वटा जितेका छन् । यस्तै, पथरीशनिश्चरे– ६ बाट स्वतन्त्र उम्मेदवार जयबहादुर तामाङ विजयी भएका छन् । रासस
प्रतिक्रिया