काँकडभिट्टा (झापा) । मध्य झापाको बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेका छन् । अध्यक्षमा खड्गप्रसाद राजवंशीले ५५३९ मत र उपाध्यक्ष पदमा रत्ना राजवंशीले ५४५३ मत ल्याइ विजयी भए । अध्यक्ष पदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याएका छन् ।
झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटाको परिणाम आइसकेको छ । जसमध्ये तीनवटा गाउँपालिका हल्दिबारी, केचनकवल र गौरीगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कनकाई नगरपालिकामा नेकपा एमाले, कमल गाउँपालिकामा नेकपा एमाले र झापा गाउँपालिका र बाह्रशीमा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् ।
बाँकी रहेका मेचीनगर, दमक, भद्रपुर, विर्तामोड, शिवसताक्षी र अर्जुनधारा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा नेकपा एमाले अगाडिे छ ।
खजुरा (बाँके) । बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बिक तूफानले ६ हजार ८९२ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा एमालेकै एकमाया विकले आठ हजार २१४ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३ मत प्राप्त गरे । आठ वडा रहेको सो गाउँपालिकामा एमाले १, २ ४, ६ र ७ मा विजयी भएको छ भने कांग्रेसले वडा नं ५ र ८ मा तथा माओवादी केन्द्रले वडा नं ३ मा विजयी भएको छ । रासस
प्रतिक्रिया