१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीगन्ज गाउँपालिकामा राप्रपा विजयी



दमक । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित भएका छन् ।

उनले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए । अध्यक्षमा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरिन् ।

यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसका दीपेन्द्र थापा निर्वाचित भए । ६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा कांग्रेसले चार र माओवादी केन्द्र, र नेकपा एमालेले एक एक वडामा जित हासिल गरेका छन् । कांग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित भएका छन् । राप्रपाले यो संगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००