१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोला प्रथामा एमाले विजयी



सुरुङ्गा (झापा) । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा एमाले विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें ।

मत बराबर भएपछि अध्यक्षमा को बस्ने भन्ने बिषयमा गोलाप्रथाबाट निर्णय गर्ने राजनीतिक दलबीच सहमति भएको थियो । सोहि सहमति अनुसार गोलाप्रथा गर्दा एमालेको विजयी भएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

त्यस्तै उपाध्यक्षमा एमालेकै बेणु सिवाकोटीले नौ हजार ४१८ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी दीपा भण्डारी गौतमले चार हजार ९९२ मत प्राप्त गरिन् ।

वडाध्यक्षमा क्रमशः वडा नं १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा एमालेका ताराप्रसाद न्यौपाने, ३ मा नरप्रसाद दङ्गाल, ४ मा प्रेमबहादुर राई, ५ मा डम्बरबहादुर निरौला, ६ मा नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजयी भएका छन् । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००