१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पराजय पछि नैतिकताका आधारमा राजिनामा



लुम्बिनी । नेपाली कांग्रेसका तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा उठेका फणिन्द्रप्रसाद शर्माले पराजित भएपछि नैतिकताका आधारमा जिल्ला सदस्यबाट राजिनामा दिएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले कांग्रेसको कांग्रेस केन्द्रीय समितिले सैनामैनाको प्रमुखको उम्मेदवार बनाएकामा आभार प्रकट गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

“मेरो नेतृत्वमा चुनाव लड्दा मसहित धेरै साथीहरूले सफलता प्राप्त गर्न नसकेको हुँदा मैले नैतिकताका आधारमा जिल्ला कार्यसमितिबाट राजीनामा दिएको छु” विज्ञप्तिमा उल्लेख छ, “आगामी दिनमा नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि लडिरहने छु ।”

उनले अबको समय निष्ठावान रहेर तर कांग्रेसको नीतिबाट कहिल्यै विचलित नहुनेसमेत उल्लेख गरेका छन् । सैनामैना नगर प्रमुखमा एमालेका चित्रबहादुर कार्की १३ हजार ३६ र शर्माले १० हजार ३०५ मत प्राप्त गरेका थिए । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००