बर्दिया, गुलरिया । राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा शिव थारु ९ हजार ४९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपकजङ्ग शाहले ८ हजार ६०६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी ९ हजार २१९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा चौधरीले ८ हजार ५७० मत प्राप्त गरिन् । यसैगरी बाँसगढी नगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा शालिकराम अधिकारी ८ हजार ७८५ मत ल्याई विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनाराम थारुले ७ हजार ८२२ मत प्राप्त गरेका छन् । यसैगरि उपप्रमुखमा एमालेकी शुष्मा चौधरीले ९ हजार २९५ मत प्राप्त गरि विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भूमी विकले सात हजार ३४८ मत प्राप्त गरेकी छन् । रासस
प्रतिक्रिया