२७ चैत्र २०८०, मंगलबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटमा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने



त्रिशूली । जिल्ला समन्वय समिति नुवाकोटमा नौ सदस्य रहने प्रस्ताव गरिएको छ । सोमबार जिल्ला सभाको बैठकले निर्वाचन आयोगलाई यो प्रस्ताव पठाएको छ । बैठकका सहभागी २४ जनप्रतिनिधिमध्ये ज्येष्ठ जनप्रतिनिधि शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बैठक बसेको बसेको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो ।

जिल्ला समन्वय समितिको पदाधिकारी चयनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउनेछन् । समितिमा सभापति, उपसभापति, तीन महिला सदस्य, तीन अन्य र दलित वा लोपोन्मुखबाट एक सदस्य चयन गरिने छ । समितिको सदस्यमा उम्मेदवार बन्नका लागि स्थानीय तहको प्रतिनिधि हुनैपर्ने व्यवस्था छ । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००