११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । नगरपालिकाको वडा नं १ मा पुनःमतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणनाको निर्णय गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ ।

बाँकी वडा नं २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताए । पुनः मतगणनाका लागि सर्वदलीय बैठक बोलाएको उनले जानकारी दिए । मतगणनास्थलमा अहिले सुरक्षाका लागि चारवटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्वजनिक गरेको मतपरिणाममा वडा नं १ का कुल मतदाता ३ हजार ५६९ मध्ये कुल खसेको मत सङ्ख्या २ हजार ६७९ र कुल गणना भएको मत २ हजार ६८८ थियो । १ सय ४ मत बदर देखिएपछि विवाद भएको थियो । कुल खसेको मतभन्दा ११३ मत बढी देखिएपछि विवाद चरम उत्कर्षमा पुगी आक्रोसित राजनीतिक दलका कार्यकर्ताहरूले ढुङ्गामुढा प्रहार गर्दा मतगणना स्थगित भएको थियो । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००