९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेल्डाँडी गाँउपालिकामा एमाले विजयी



कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार राति अबेर निर्वाचन अधिकृतको कार्यालय बेल्डाँडीको घोषित परिणामअनुसार अध्यक्ष पदमा नेकपा एमालेका धनबहादुर थापा क्षेत्रीले तीन हजार २१५ मत ल्याई विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका कमलादेवी कार्कीले तीन हजार १३७ मत ल्याई विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी किस्नादेवी गिरीले दुई हजार २७५ मत ल्याइन् ।

सो गाउँपालिकाको वडा नं १, २, ४ र ५ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् भने वडा नं ३ मा कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् । रासस

प्रकाशित मिति : १९ असार २०७४, सोमबार ००:००