२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चन गाउँपालिकामा एमाले, यशोधरा गाउँपालिकामा कांग्रेस विजयी



लुम्बिनी । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको रुपन्देहीमा अन्तिम मत परिणाम आउने क्रम सुरु भएको छ । रुपन्देहीका १६ स्थानीय निकायमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष तथा उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री छ हजार ७७७ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा पराजुलीले छ हजार ९२४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् ।

उनीहरु कांग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी भएका हुन् । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत प्राप्त गरे ।

एक्काइस हजार ५४३ मतदाता रहेको गाउँपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् । गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ ।

यशोधरा गाउँपालिकामा कांग्रेस विजयी

कपिलवस्तु । यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणनाको अन्तिम मतपरिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उनका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा कांग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी बनेकी हुन् । उनकी निकट प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताए । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००