बैतडी । मेलौली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेलौली नगर प्रमुखमा कांग्रेसका कृष्णसिंह नायक दुई हजार ३४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र का भीमबहादुर चन्दले दुई हजार १५२ मत प्राप्त गरे ।
नगर उपप्रमुखमा कांग्रेसकी राधा ओझा दुई हजार ६८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मानमति भट्टले दुई हजार १८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया