१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनर्वासमा झडप हुँदा पाँच प्रहरी घाइते, प्रहरीद्वारा हवाईफायर



भीमदत्तनगर । मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भइरहेको छ । झडपमा प्रहरी र केही आन्दोलनरत पक्ष घाइते भएका छन् । पुनर्वास नगरपालिका १ मा फर्जी मत भेटिएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि शुक्रबार दिउँसोपछि मतगणना स्थगित भएको छ ।

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा दिउँसोपछि नाराजुलुस गर्दै आइरहेका थिए । सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते भएका छन् ।

प्रहरीले स्थिति तनावपूर्ण बनेपछि बेलुकी पाँच राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ । वडा नं १ को वडाध्यक्षमा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित निर्वाचित भएका थिए ।

असन्तुष्ट पक्षले खसेको मतभन्दा ११३ मत बढी भेटिएको दाबी गरेका छन् । पुनर्वास नगरपालिकामा कुल १९ हजार ९८८ मत खसेको थियो जसमा ५० प्रतिशत मत गणना भइसकेको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००