२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीको जोशीपुर गाउँपालिकामा कांग्रेस विजयी



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण चौधरी ३ हजार ४३२ मत प्राप्त गरी विजयी भएका छन् । चौधरीको निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले र्२ हजार ७४१ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताए ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले ३ हजार ५६८ मत प्राप्त गरी विजयी भएकी छन् । कठरियाका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमका किरण चौधरीले ३ हजार ४८९ मत प्राप्त गरेका छन् । जोशीपुर गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय नेता रामजनम चौधरीको गृह क्षेत्र पनि हो । १९ हजार ३६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५२७ मत खसेको थियो । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००