५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीको शिवनाथ गाउँपालिकामा काँग्रेस विजयी



बैतडी । शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद २ हजार ३५२ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एमालेका भरतसिंह मडैले २ हजार ३१४ मत प्राप्त गरेका छन् ।

सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुश्मा चन्दले २ हजार ३६८ मत प्राप्त गरि विजयी भएकी छन् । चन्दका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी झापु महताले २ हजार १२४ मत प्राप्त गरेकी छन् । शिवनाथ गाउँपालिकाको ६ मध्ये चार वटामा एमाले र दुईवट वडाामा काँग्रेस विजयी भएको छ ।

शिवनाथ–१, २, ३ र ५ को वडाध्यक्षमा एमालेका क्रमशः करन पार्की, हजारी साउद, बीरबहादुर साउद र महेन्द्र चन्द विजयी भए भने वडा नं ४ र ६ मा काँग्रेसका लक्ष्मण महता र धर्म सुतार विजयी भएका छन् । जिल्लामा यसअघि दशरथचन्द नगरपालिका र सूर्नया गाउँपालिकामा कांग्रेस तथा पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भइसकेका छन् । अब पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा दोगडाकेदार, डिलासैनी र सिगास गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००