तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार सन्तोष तिगेलाले ३ हजार ४३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज तिगेलाले २ हजार ५५२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि एमालेकै तारादेवी ढकाल ३ हजार ३६८ मत प्राप्त गरि विजयी भएकी छन् । ढकालको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी हिमादेवी पौडेलले २ हजार ४८७ मत प्राप्त गरेकी छन् ।
छथरको वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवारहरुको प्यानलै विजयी भएको छ । वडा नंं २, ४, ५ र ६ मा एमालेको प्यानलै विजयी भएको । यसै गरि वडा नं. ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । रासस
प्रतिक्रिया