१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्ने आयोगको निर्णय



काठमाडौँ । निर्वाचन आयोगले मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसंख्यालाई नै वास्तविक मतसंख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो । दोस्रो चरणमा सम्पन्न स्थानीय निर्वाचनको मतगणनाका क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको संख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको संख्यामा फरक पर्न थाले पछि आयोगले पछिल्लो निर्णय गरेका हो ।

रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसंख्यालाई नै वास्तविक मतसंख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००