१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुको सोताङमा एमालेलाई विजयी



सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका बीरबहादुर राईले १ हजार ३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८ सय ७१ मत प्राप्त गरेका छन् । खड्का नेपाली कांग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्रबाट उम्मेदवार भएका थिए ।

यस्तै उपप्रमुखमा एमालकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतसहित विजयी हुनुभएकी छन् भने उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका खिलराज बस्नेतले ८ सय ४३ मत प्राप्त गरेका छन् ।

५ हजार ११३ मतदाता रहेको यस गाउँपालिकामा ३ हजार ६६७ मत खसेको थियो । यो एमालेको जिल्लामा दोस्रो जीत हो । दूधकोसी गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भइसकेको छ । एमालेका प्रमुखमा बुद्धिकिरण राई र उप प्रमुखमा जुनिता मगर विजयी इसकेको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००