५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी



ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ सिटौला २ हजार २२७ मत प्राप्त गरि विजयी भएका छन् । सिटौलाका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीबहादुर केक्सोले २ हजार २१४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई २ हजार १८१ मत प्राप्त गरि विजयी भएका छन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी ममता सुब्बाले २ हजार २४ मत प्राप्त गरेकी छन् । आठराई त्रिवेणीको ५ वटा वडामध्ये दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा केन्द्र विजयी भएको छ ।

वडा नं १ मा काँग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नं वडामा पनि कांग्रेसको सोमप्रसाद विमलीको समूह, ३ नं मा एमालेका देवी खरेलको समूह, ४ नं मा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नं ५ मा माओवादी केन्द्रका सन्तोष लिम्बू विजयी भएका छन् ।

यस्तै मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावाँ विजयी भएका छन् । सावाँले १ हजार ४८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका भक्तबहादुर कार्कीले १ हजार ४५६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी रद्रकुमारी लिम्बूले १ हजार ४८९ मत प्राप्त गरि विजयी भएकी छन् । लिम्बूकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना पेदेनले १ हजार ३८२ मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००