७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीकाे प्रतापपुरमा कांग्रेस, सुस्तामा एमाले



नवलपरासी । नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये प्रतापपुरमा कांग्रेस र सुस्तामा एमाले विजयी भएका छन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई ७ सय ९ मतले पराजित गर्दै कांग्रेसका राजकुमार शर्मा प्रमुखमा विजयी भएका छन् । शर्माले ४ हजार ४३६ र चौधरीले ३ हजार ७२७ मत प्राप्त गरेका छन् । यसैगरि उपप्रमुखमा पनि कांग्रेस नै विजयी भएका छन् ।

फोरमकी गुनकुमारी थारुलाई १ हजार ४०५ मतको फराकिलो अन्तरले पराजित गर्दै कांग्रेसकी अञ्जुकुमारी चौधरी विजयी भएकी छन् । चौधरीको ४ हजार ४८६ र थारुको ३ हजार ८१ मत छन् । नौ वटा वडा रहेको गाउँपालिकामा एक स्वतन्त्रसहित चार काँग्रेस, दुई फोरम र एक/एक वडाअध्यक्ष माओवादी र एमालेले जितेका छन् । स्वतन्त्रबाट वडाअध्यक्षमा जित्नेमा कादिर अलि छन् ।

यसैगरी सुस्ता गाउँपालिकामा कांग्रेसका हसमुद्दिन शेखलाई ५ सय ५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी भएका छ् । पाण्डेयले ३ हजार ५११ र शेखले २ हजार ९५२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी इन्द्रकुमारी थरुनीले कांग्रेसकी विमला ढुङ्गानालाई ७सय २९ मतले पराजित गरेकी छन् । थरुनीले ३ हजार ५६५ र ढुंगानाले २ हजार ८३६ मत प्राप्त गरेका छन् । ५ वटा वडा रहेको गाउँपालिकामा १ र ५ नं वडाको अध्यक्ष कांग्रेसले जितेको छ । एमालेले २ र ४ तथा राप्रपाले ३ नंमा वडाअध्यक्ष जितेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००