१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर नगरपालिकामा कांग्रेस विजयी



भोजपुर । भोजपुर नगरपालिकामा नेपाली कांग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार ४ हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन् । आलेका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले ४ हजार ३४ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छन् । राईले ४ हजार सात सय ७३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कृतिकुमारी कार्कीले ४ हजार ७०१ मत प्राप्त गरेकी छन् । अरुण गाउँपालिकामा कांग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा कांग्रेसकै विनिता ढकाल विजयी भएका छन् । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन् । आमचोक गाउँपालिकामा भने माओवादी केन्द्रका अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन् । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००