१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै पदमा बाबु, छोरा र दाजुभाइको प्रतिस्पर्धा



बैतडी । यहाँको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एउटै पदका लागि बाबु, छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् । डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर रानाले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कर्ण दाजु र लोकेन्द्र नाताले दाजुभाइ पर्छन् ।

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए । दुवै भाइले एकै पदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यहरूलाई भोट हाल्नका लागि समस्या भएको छ । यस्तै पुरचौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष पदका लागि बाबु र छोराले पनि अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट नागी साउद (बाबु) र नेकपा माओवादी केन्द्रबाट उज्ज्वल साउद (छोरा) ले उम्मेदवारी दर्ता गराएका हुन् । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताए । बाबु र छोरा एउटै पदमा प्रतिस्पर्धा गर्ने भएपछि साउद परिवारमा पनि अन्य सदस्यहरूलाई कसलाई भोट दिइने भन्ने समस्या भएको छ । रासस

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार ००:००