१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा सरकारी साधन र स्रोतको दुरुपयोगः एमाले



काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोग भएको आरोप लगाउको छ । निर्वाचनलाई प्रभावित गर्ने गरि कपिलवस्तुमा बम विस्फोटको घटना भएको एमालेको निष्कर्ष छ ।

एमालेले विज्ञप्ति जारी गरेर आफ्नो नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको उल्लङ्घन गर्नेसम्मका क्रियाकलाप भएको बताएको छ ।

असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको एमालेको जुलुसमाथि आक्रमण गरेर सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका एमालेको आरोप छ ।

“घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्ता गरिएको छैन,” एमाले महासचिव इश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अपराधमा संलग्न सबै जनालाई पक्राउ गरिएको छैन ।”

यसैगरि बाँके र सोलुखुम्बुमा पनि एमालेका कार्यकर्तामाथि सत्तरुढ दलहरूबाट हिंसा भएको एमालेको दाबी छ । निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्न एमालेको आग्रह छ । रासस

प्रकाशित मिति : ६ असार २०७४, मंगलबार ००:००