९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा १ हजार ५६७ को मनोनयन, २० जना बागी



खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी जिल्लभरमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि १ हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । स्वतन्त्र उम्मेदवार दर्ता गर्नेमा अधिकांश पार्टीबाट असन्तुष्ट बनेका नेता तथा कार्यकर्ता रहेका छन् ।

पार्टीसँग असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै अधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । जिल्लाको २ नगरपालिका, ८ गाउँपालिकाको ६९ वडामा चयन हुने ४ सय १५ जना जनप्रतिनिधि चुनिने छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । आचार्यले नेकपा (क्रान्तिकारी माओवादी) को भ्रातृ सङ्गठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जिल्लाको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकामा प्रमुखमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकै तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । केपीलासगढी गाउँपालिका अध्यक्षमा हरिचन्द्र राई र दिप्रुङ गाउँपालिकाको अध्यक्षमा तीर्थ राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा रुद्रप्रसाद रेग्मी र उपाध्यक्षमा सरिता राईको मनोनयन दर्ता भएको छ ।

लामीडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा नन्दप्रसाद घिमिरे, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा उद्धव राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अध्यक्षमा ढाकप्रसाद लुइँटेल र भीमप्रसाद लुइँटेल, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा सदस्यमा अञ्चलकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ को वडाध्यक्षमा थामबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा राजकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–७ को वडा सदस्यमा रमेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

केपीलासगढी गाउँपालिका–१ फेदीको वडाध्यक्षमा देवान राई र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सदस्यमा भीमबहादुर तामाङ, साकेला गाउँपालिका–४ मात्तिमको वडाध्यक्षमा रामकृष्ण खड्का, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको वडाध्यक्षमा इवराज गुरुङ र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वडाध्यक्षमा दिलबहादुर राईले पनि स्वतन्त्र उम्मेदवारी दिएका । रासस
–––––––––

प्रकाशित मिति : ६ असार २०७४, मंगलबार ००:००