१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेद्वारी मनोनयमा अवरोध गर्न खोज्ने राजपा नेताहरू प्रहरी नियन्त्रणमा



धनगढी । दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिने काममा अवरोध पु¥याउन खोजे पछि राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मनोनयमा बाध पु¥याउन बाटोमा टायर बाल्दै गरेका चौधरीद्वयलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । यसबाहेक जिल्लाका सबै स्थानीय तहमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको छ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज कैलाली जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहपूर्वक उम्मेदवारी दर्ताको काम भइरहेको रिजालले बताए ।

दलका उम्मेदवारहरूका साथै स्वतन्त्र उम्मेदवारहरूले छुट्टाछुट्टै बाजागाजा, साँस्कृतिक झाँकी, नाचगानसहितका जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी मनोनयन गरिरहेका छन् । जिल्लामा एक उपमहानगरपालिका (धनगढी) छ भने अरू ६ वटा गाउँपालिका तथा नगरपालिका छन् । यी स्थानीय तहहरूमा ४ लाख ३ तीन हजार २८० मतदाता छन् । रासस

प्रकाशित मिति : ४ असार २०७४, आइतबार ००:००