५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमालेले) यही प्रदेश नं. २ को निर्वाचन पछाडी सार्ने निर्णप्रति आपत्ति जनाएको छ । प्रदेश नं १, २, ५ र ७ को स्थानीय निर्वाचन असोज १४ गते गर्ने घोषणा भएको तर आज सरकारले प्रदेश नं. २ को निर्वाचन असोज २ गते सारे पछि एमाले आक्रोशित भएको हो ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटक भएको वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिँदै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरे ।

सुरूमा एकै चरणअर्न्तगत गत वैशाख ३१ का लागि निर्धारित मितिमध्ये चार प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै आफ्नो पार्टीले शङ्काका दृष्टिले हेरेको उल्लेख गरेका छन् । साथै भट्टराईले असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित भएको घटनाक्रमले पुष्टि गरेको आरोप लगाए ।

“प्रदेश नं २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताले आफ्नो प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पु¥याएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं २ मा पार्टीका नियमित काम अघि बढाउन मातहत कमिटीहरूलाई निर्देशन दिँदै प्रदेश नं १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न जनसमुदाय, पार्टी मातहत कमिटी तथा नेता–कार्यकर्तालाई आह्वान गरेको छ । रासस

प्रकाशित मिति : १ असार २०७४, बिहिबार ००:००