बैतडी, ३१ जेठ । मदिरा सेवन गरेर आचरणविपरीत काम गरेको भन्दै बैतडीमा तीनजना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ । बरखास्त हुनेमा सूर्नया गाउँपालिकाका रामसिंह महरा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीहरुले आवासगृहमा राति मदिरा सेवन गरेर प्रहरी अनुशासनविपरीतको काम गरेकाले बर्खास्त गरिएको उनले बताए । स्थानीय निर्वाचनका लागि बैतडीमा ७ सय १७ जना म्यादी प्रहरी छनोट गरिएको छ । रासस
प्रतिक्रिया