१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री शर्मा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल



काठमाडौँ । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयुक्तहबीच आज निर्वाचन आयोगमा छलफल भएको छ ।

निर्वाचनका लागि गृह मन्त्रालयबाट तयार पारिएकोे सुरक्षा व्यवस्था तथा निर्वाचनको तयारीबारे आयोगबाट भएका प्रगतिका वारेमा उनीहरूबीच छलफल भएको हो । गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो पटक निर्वाचन आयोग पुगेका मन्त्री शर्माले अहिले उब्जेका सुरक्षा चासो र अन्य नीतिगत विषयमा छलफल गरेका छन् ।

शर्माले राजनीतिक तहमा वर्तमान समस्या समाधान गर्न सरकारबाट पहल भइरहेको जानकारी दिँदै निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन सरकार कटिबद्ध रहेको बताए । प्रमुख निर्वाचन आयुक्त डा यादवले आसन्न निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्नेदेखि मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसार, मतदान तथा मतगणनालगायतका सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आवश्वयक रहेको बताए ।

छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, गृह सचिव लोकदर्शन रेग्मी र आयोगका सचिव गोपीनाथ मैनाली सहभागी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००