१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय बाहिर बालबालिका मुक्त घोषित




असार ३, सिञ्जा । सिञ्जा गाउँपालिका वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त घोषणा गरिएको छ ।

किर्डाक नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको आयोजनामा मालिका माविलाई सोमबार बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिए ।

बालबालिकामुक्त समुदाय घोषणा गर्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले सिङ्गो जिल्लालाई सिञ्जा गाउँपालिकाले नयाँ सन्देश दिएको बताए । उनले विद्यालयमा बालमैत्री शौचालय र पूर्वाधारको राम्रो व्यवस्था हुन आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षाका बारेमा शिक्षक र अभिभावक गम्भीर हुनुपर्नेमा पनि जोड दिए । रासस

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार ००:००