२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम मेयर कप कराँते आजदेखि

लेखक स्थानीय खबर २२ चैत्र २०७५, शुक्रबार १ मिनेट पढाइ

चैत २२, काठमाडौं । नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुनेछ ।

सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ । पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा नै भीडन्त हुनेछ ।

दुवै प्रतियोगितामा गरी १६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताका क्रममा रेफ्री सेमिनार र डान परीक्षा जापानका जेबी सुजुतोले सञ्चालन गर्ने गुरुङको भनाइ छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।