४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयस्तरमै प्यान कार्ड वितरण



चैत २०, रसुवा । जिल्लाका सबै व्यापारी व्यवसायीलाई करको दायरामा समावेश गर्न स्थानीयस्तरबाटै स्थायी लेखा नम्बर वितरण गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय काठमाडौंद्वारा घुम्ती शिविरको माध्यमबाट रसुवाका तीन स्थानमा स्थायी लेखा नम्बर (पान कार्ड) वितरण भएको र करदाता उत्साहपूर्वक सहभागी भएको कर अधिकृत फणीन्द्र आचार्यले जानकारी दिए ।

रसुवाको उत्तरगया गाउँपालिकाको खाल्टे, कालिका गाउँपालिकाको कालिकास्थान र गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रुबेंसीबाट व्यापार व्यवसायलाई स्थायी लेखा नम्बर पानकार्ड वितरण गरिएको बताइएको छ । तीन दिवसीय शिविर अन्तर्गत ११० जनालाई पान कार्ड वितरण गर्नुका साथै करदातालाई आवश्यक प्रशिक्षणसमेत दिइएको कर अधिकृत आचार्यले जानकारी दिए ।

हालसम्म स्थायी प्यान कार्ड लिनेको सङ्ख्या कमी भएका कारण करको दायरामा ल्याउने जागरण तथा स्थानीयस्तरमै स्थायी लेखा नम्बर वितरण गरिएको प्रमुख कर अधिकृत इन्द्रबहादुर देवकोटाले बताए । रासस

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ००:००