१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति



चैत १८, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम, एनसेल नेपाल लगायतका दूरसञ्चार सेवा प्रदायकलाई तत्काल सेवा सञ्चालन हुने वातावरण बनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए ।

उनले नागरिकलाई विपद्को समयमा लामो कुरा नगर्न र अत्यावश्यक विषयमा छोटो संवाद गर्न मात्रै आग्रह गरिएको जानकारी दिए । नेपाल विद्युत् प्राधिरकणको पोल ढलेका कारण विद्युत् आपूर्तिमा समस्या आउँदा दूरसञ्चार सेवा प्रदायकको टावरले काम गरेका छैनन् ।

कायममुकायम अध्यक्ष खनालले सहज दूरसञ्चार सेवा उपलब्ध गराउन प्राधिकरणको तर्फबाट आवश्यक समन्वय गरिएको र छिट्टै सहजरुपमा सेवा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ००:००