१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिविसको सम्पति हस्तान्तरण गर्न कार्यदल बन्ने



स्थानीय खबर संवाददाता

सरकारले जिल्ला विकास समितिहरूको सम्पति हस्तान्तरण गर्न कार्यदल बनाउने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकहप्ता भित्र कार्यादल बनाउने तयारी गरिरहेको छ ।

मन्त्रालयका सचिव दिनेश थपलियाले साविकका जिविसहरूमा रहेका चलअचल सम्पति हस्तान्तरण गर्न कार्यदल गठन गर्न लागिएको बताए ।

“जिविसहरूसँग भएको भवन, बजेट, कार्यालय प्रयोजनका सामाग्रीजस्ता चलअचल सम्पति हस्तान्तरण गर्न कर्यादल बनाउँदैछौं,” थपलियाले भने, “कार्यदलले प्रतिवेदन दिए पछि ७५ वटै जिविसको सम्पति हस्तान्तरण प्रकृया थाल्नेछौं ।” कार्यदलले कति सम्पति स्थानीय तहलाइ र कति केन्द्र सरकारलाइ दिने भनेर टुङ्गाे लाउनेछ ।

स्थानीय तह कार्यान्वयन भएपछि जिविसहरू जिल्ला समन्वय समितिमा रुपान्तरण भएका छन् । समन्वय समिति बनेसँगै जिविस खारेज भइसकेका छन् ।

समन्वय समितिले अब जिविसले जसरी बजेट खर्च गर्ने, आन्तरिक आय संकलन गर्नेजस्ता कार्यकारी काम गर्न पाउँदैनन् । कार्यकारी भुमिकामा नभएकाले जिविससँग भएका सम्पति हस्तान्तरण गर्नुपरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७४, आइतबार ००:००