८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुनै पनि हालतमा निर्वाचन सर्दैनः प्रमुख आयुक्त डा. यादव



काठमाडौँ, ९ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा नसर्ने बताए ।

शनिवार राजधानीको एक साक्षात्कार कार्यक्रममा उनले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मतपेटिका र मसीलगायतका सामग्रीको व्यवस्थापन गरी ढुवानीसमेत सुरू भइसकेको बताए । त्यसैले ३१ गतेको निर्वाचनको मिति फेरबदल नहुने बताए ।

‘‘वैशाख ३१ गतेको लागि मेहनतका साथ काम गरिरहेका छौँ, निर्वाचन सम्पन्न नहुन्जेलसम्म आइपर्ने समस्या समाधन गर्न आयोग क्षमता छ,” उनले भने, ‘‘तर आयोगको परिधिभन्दा बाहिरको राजनीतिक समस्या अझै विद्यमान छ, चुनौति अझै कायम छ ।”

दलहरूबीच भइरहेको वार्ताले सकारात्मक ठोस निष्कर्ष निस्किनेमा विश्वस्त रहेको दाबी गर्दै आयोग व्यवस्थापकीय ढङ्गबाट सम्पूर्ण मतदातालाई कुनै असर नपर्ने गरी अघि बढिरहेको बताए ।

प्रधानमन्त्रीसँग प्रमुख आयुक्त यादवको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजै दिउसो प्रमुख आयुक्त डा। यादवले निर्वाचनको तयारीबारे जानकारी गराएका थिए ।

उक्त अवसर अवसरमा प्रधानमन्त्रीले निर्वाचनको मिति सार्दा त्यसको असर कस्तो पर्छ भनेर यादवसँग जिज्ञाशा गरेका थिए ।

प्रधानमन्त्रीले निर्वाचनको सहज वातावरण बनाउन सरकारले राजनीतिक रूपमा गरिरहेको प्रयासबारे आयोगलाई जानकारी गराएका थिए ।

सुरक्षा समितिको बैठक

निर्वाचन आयोगमा शनिबार दिउँसो बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रमुख आयुक्त यादवले २०६४ र २०७० कोभन्दा यसपटकको निर्वाचन सुरक्षा योजना राम्रो भएको दिए ।

आयोगले हिमाली ११ जिल्लाको मतपत्र हेलिकोप्टरबाट र अरू जिल्लामा ट्रकबाट पठाउन जनशक्ति र सुरक्षाको समेत व्यवस्थापन गरिसकेको जनाएको छ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु, गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाध्यक्ष रथी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए । रासस

प्रकाशित मिति : ९ बैशाख २०७४, शनिबार ००:००