११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित



रामपुर, पाल्पा । जिल्लाकै दुर्गम क्षेत्र मानिने अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् ।

निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्षेत्रका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

तात्कालिन जिविस, गाविस, जनश्रमदानलगायतका विभिन्न क्षेत्रको सहयोगबाट बनेको उक्त पुलको लागत १९ लाख २५ हजार रुपैयाँ रहेको पुल निर्माण समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताए ।

५६ मिटर लम्बाइ रहेको त्यस पुलबाट .अर्चले, मित्याल र ज्यामिरे आसपासका करिब एक हजार पाँच सय स्थानीयवासी लाभान्वित हुने छन् । पुलको अभावले वर्षायाममा विद्यालय जाने विद्यार्थी खोला तर्न नसकेर बिचबाटै घर फर्कन बाध्य थिए ।

८० वर्षीय तिलिसरा सुनारीले यस खोलामा पुल बन्छ, भन्ने कहिल्यै कल्पना नगरेको बताए । रासस

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार ००:००