१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा दलहरूलाई उम्मेद्वार छान्न सकस, चुनावी गतिविधि तीव्र



चितवनको स्थानीय तहको निर्वाचनमा दलहरूलाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरूलाई नाम छान्न सकस देखिएको हो ।

जिल्लाका दलका नेताहरूले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेद्वर तय गरिसक्ने बताए पनि अझै तय गर्न सकेका छैनन् ।

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष शङ्कर कँडेलले अहिले उम्मेद्वार चयन प्रक्रिया चलिरहेको बताए । भरतपुर महानगरपालिकामा सर्वसम्मत हुन नसके पार्टीको केन्द्रले तय गर्ने कँडेलले बताए ।

“खैरहनी, कालिका र राप्ती नगरपालिकाका कही वडामा सर्वसम्मत उम्मेद्वार छनोट भएका छन् । ३ गते क्षेत्रले टुङ्ग्याएर ७ गते जिल्लाले सिफारिस गर्छ ।” कांग्रेसमा प्रमुख र उपप्रमुख पदका लागी आकाङ्क्षी धेरै भएकाले समस्या परेको हो । यसअघि कांग्रेसमा भरतपुर महानगरको प्रमुखमा मात्रै २२ जनाको नामावली आएको थियो ।

नेकपा (एमाले) मा पनि यस्तै सकस छ । हालका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले चैत २८ सम्ममा उम्मेद्वार छनोट टुङ्ग्याउने बताए पनि अझै टुङ्गो लागेको छैन ।

एमालेका जिल्ला सचिव तेजेन्द्र खड्काले गाउँ र नगरका वडाहरूबाट सिफारिस आए पनि निर्णय गर्न बाँकी रहेको बताउँछन् । तर नगर प्रमुख र उपप्रमुखको उम्मेद्वारी भने वैशाख ७ गतेभित्र टुङ्ग्याउने खड्काले बताए ।

नेकपा (माओवादी केन्द्र) लाई पनि आकाङ्क्षी बढेकाले सकस भएको छ । चैत ५ र २६ भित्र उम्मेद्वार छान्ने घोषणा गरेपनि अझै टुङ्गो लागेको छैन । जिल्ला नेता घनश्याम दाहालले वैशाख ३ गते वडा तहको टुङ्ग्याउने गरी काम भइरहेको उल्लेख गर्नुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो उम्मेदवार छान्ने प्रक्रिया तीव्र पारेको छ । जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले उम्मेदवार छनोट प्रक्रियाअन्तिम चरणमा पु¥याएको बताए । तर राप्रपाले पनि वडाको समेत उम्मेद्वारी तय गर्न सकेको छैन ।

चितवनमा अहिले भरतपुर महानगरपालिकासहित रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका छन् भने इच्छाकामना गाउँपालिका छन् । ७ स्थानीय तहमा सात प्रमुख र सातजना उपप्रमुख, ९८ वडका ९८ वडा अध्यक्ष र ३ सय ९२ सदस्य गरि कुल ५ सय ४ जनप्रतिनिधीका लागी निर्वाचन हुँदैछ । रासस

प्रकाशित मिति : ३१ चैत्र २०७३, बिहिबार ००:००