११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि विदेशबाट फर्किँदै छन् कर्णालीवासी



कालीकोट । स्थानीय तहको निर्वाचनका लागि भारतबाट घर फर्किदै गर्नुभएका धौलागोहका परे विक उत्साहित छन् ।

स्थानीयस्तरमा आफूले चाहेकोे विकासप्रेमी नेता छान्न पाउने अवसर लामो समयपछि पाएकोमा आफू भोट हाल्न आतुर रहेको बताउँछन् ।

यसअघिको स्थानीय निर्वाचनमा वडा सदस्यमा विजयी भइसकेका विकले यस पटक भने वडाध्यक्ष पदमा उम्मेद्ववारी दिने इच्छ व्यक्त गरे । स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा उनीजस्तै भारत गएका कर्णालीवासी मुलुक फर्किन थालेका हुन् ।

मङ्सिरमा हिँउदेबाली भित्र्याएर भारत गएका हुम्ला, जुम्ला, मुगु, कालीकोटका बासिन्दा अहिले घर फर्किने क्रम बढेको छ । फर्किनेमध्ये केहीले परे विकले जस्तै उम्मेद्वारी दिने सोचाइ बनाइसकेका छन् ।

कालिकोटको सान्नि त्रिवेण गाउँपालिका (साविकको मेहलमुडी)का जनक विकले आफू (माओवादी केन्द्र)को गाउँपालिकाको उम्मेद्वारी दिन घर फर्किएको बताए । “आफूमात्र नभई कालीकोटका अधिकांश युवा निर्वाचनका लागि घर फर्किएका छन्” विकले भने ।

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूहरू जस्ता युवाले उम्मेद्वारीमा प्राथमिकता पाउने आशा उनीहरूको छ । जिल्लामा निर्वाचनको माहोल तातेका बेला भारतमा रहेको विभिन्न पार्टीका भातृ सङ्गठनहरूले मुलुक फर्किएर मतदान गर्न आह्वान गरिरहेको जनक विकले बताए । रासस

प्रकाशित मिति : ३१ चैत्र २०७३, बिहिबार ००:००