२० श्रावण २०८२, सोमबार | Mon Aug 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा मतदाता शिक्षाका लागि स्वयंसेवक खटिए



वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदाता शिक्षा स्वयंसेवक खटाएको छ ।

मतदातालाई मतपत्रमा मतदान कसरी गर्ने भनेर सिकाउन स्वयंसेवक खटाएको जिल्ला निर्वाचन अधिकृत चन्द्र गौतमले जानकारी दिए । उनका अनुसार ७ सय ४२ स्वयंसेवक नमुना मतपत्रसहित मतदाता शिक्षा सिकाउन खटिएका हुन् ।

“हामीले एक निर्वाचन केन्द्रमा एक जना स्वयंसेवक खटाएका छौँ”, उनले भने, “वैशाख ३१ गतेसम्म मतदाताका घर–टोलमा गई उनीहरूले मतदान गर्न सिकाउनेछन् ।”

स्वयंसेवकलाई दुई दिनको तालिमपश्चात् मतदाता शिक्षाका लागि टोलटोलमा खटाइएको हो । स्वयंसेवक एक महानगरपालिका र १० नगरपालिकाका सबै वडामा पुग्नेछन् । काठमाडौँ जिल्लामा करिब ५ लाख ४७ हजार मतदाता रहेका छन् । रासस

प्रकाशित मिति : ३१ चैत्र २०७३, बिहिबार ००:००