१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैनपुर–नूनढाकी–गुफापोखरी सडक निर्माण कार्य तीव्र



२३ चैत, संखुवासभा ।
गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर–नूनढाकी–गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ ।

स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी गुफापोखरी सडकखण्ड अन्तर्गतको सडक निर्माण कार्यले तीव्रता पाएको छ । चैनपुर नगरपालिकाको १५ लाख बजेटबाट सो खण्डको करीब नौ किमी सडकमध्ये पाँच किमी धुले सडक निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार एक हप्ताभित्र बाँकी रहेको तीन किमी सडकलाई पूरा गरी पर्यटकीयस्थल गुफापोखरीलाई जोडिने भएसँगै गुफावासीमा उत्साह छाएको छ ।

वार्षिकरुपमा हजारौँको संख्यामा पर्यटक भित्रने सो पर्यटकीयस्थल गुफा पोखरी आवतजावत गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यो सडक निर्माण कार्य सम्पन्न भएसंगै आवतजावतमा सहज हुने बताइएको छ ।

आगामी चैत २८ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पैदलयात्रा गर्दै सो पर्यटकीयस्थल गुफापोखरी आउने भएसंगै सो क्षेत्रका स्थानीयवासी गुफापोखरीलाई पर्यटन प्रवर्द्धनको माध्यमबाट यो क्षेत्रको समग्र विकास हुनेमा आशावादी रहेको स्थानीयवासी हरि खनालले जानकारी दिए ।

उनका अनुसार १५ दिनअघि सो क्षेत्रमा एक हजारभन्दा बढी पर्यटक सो क्षेत्रमा भित्रिएका थिए ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००