११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेकेदारलाई नगर विकास कोषको अध्यक्ष बनाउने सरकारको तयारी



रञ्जित तामाङ, 

सरकारले नगर विकास कोषको अध्यक्षमा ठेकेदार ध्रुब रिजाललाई नियुक्ति गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार रिजाललाई अध्यक्ष नियुक्त गर्न नेपाली कांग्रेसबाट तीब्र दबाब आइरहेको छ ।

सहरी विकास मन्त्रालयको सचिव अध्यक्ष रहने व्यवस्था भएपनि कांग्रेसको दबाबमा सरकारले अध्यक्ष नियुक्त गर्न लागेको स्थानीय खबरलाई स्रोतले बतायो ।

“मन्त्री परिषद्को कार्यालयमा प्रस्ताव दर्ता भइसकेको छ । मन्त्री परिषद्बाट निर्णय गर्न दबाब आइरहेको छ,” उच्च स्रोतले भन्यो, “सहरी विकास मन्त्रालयको सचिव अध्यक्ष रहने व्यवस्थाविपरित नियुक्ति गर्ने कि नगर्ने भन्नेमा अन्योल छ ।”

कांग्रेसकाे पार्टी सभापति शेरबहादुर देउवाले नै दबाब दिइरहेकाे स्राेतले बतायाे । कोष नगरपालिकाहरूको पूर्वाधार निर्माणमा लगानी गर्ने निकाय हो ।

को हुन् ध्रुब रिजाल ?

नगर विकास कोषका अनुसार रिजाल ठेकेदार हुन् । कोषबाट गजुरी स्वास्थ्य केन्द्र र धादिङ जिल्ला अस्पतालको ठेक्का पाएका थिए । २ बर्षभित्र बनाइसक्नु पर्ने धादिङ जिल्ला अस्पतालको भवन ४ बर्षसम्म पनि नबनाए पछि कोषले रकम नै रोकेको थियो । कोषले कारवाही गर्ने चेतावनीसमेत दिएको थियो ।

कोषको चेतावनी पत्र

प्रकाशित मिति : ४ चैत्र २०७३, शुक्रबार ००:००