२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरकप फुटबलको उपाधि वालिङलाई

लेखक स्थानीय खबर २१ माघ २०७४, आइतबार १ मिनेट पढाइ

२१ माघ, बागलुङ ।
बागलुङ नगरपालिकाद्वारा आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै वालिङ विजेता बनेको हो ।

खेल शुरु भएको पहिलो मिनेटमै सफल थापाले गरेको गोल नै वालिङको जितका लागि निर्णायक बन्यो । उपाधिसँगै वालिङले २ लाख २२ हजार पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, उपविजेता पोखरा लेखनाथ महानगरपालिकाले १ लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । बागलुङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र उपप्रमुख सुरेन्द्र खड्काले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

वालिङका गोलरक्षक राजाबाबु थापाले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पोखराका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, लक्ष्मण जिसी उत्कृष्ट डिफेन्डर, टंकप्रसाद गुरुङ मिडफिल्डर तथा विजय श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र वालिङका केशर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उनीहरुलाई जनही पाँच—पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । तनहुँको व्यास नगरपालिका प्रतियोगिताको अनुशासित टोली घोषित भयो । शहीद दिवसको अवसर पारेर नकआउट आधारमा खेलाइएको उक्त प्रतियोगितामा ४ नं प्रदेशका ११ वटा नगरपालिकाका टिमले सहभागिता जनाएका थिए ।
रासस

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।