२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका सबै तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन

लेखक स्थानीय खबर १९ माघ २०७४, शुक्रबार १ मिनेट पढाइ

१९ माघ, बैतडी । बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन जिल्लाका ६ वटै गाउँपालिका र ४ वटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिए । सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ ।

उनले ४४० जना जनप्रतिनिधिलाई स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत दिइएको बताए । बैतडीमा २०७३ साल पुसदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ७०४ घरपरिवारका तीन हजार ४४० जनाले बीमा गरेका छन् ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।