१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविद्युत् आयोजनाका कारण ८०० राेपनी खेत सिँचाइबाट वञ्चित



१७ माघ, सल्लेरी— सोलुखुम्बु ।
तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ । आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् ।

कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसंग बारम्बार अनुरोध गर्दैआइएको भएपनि उक्त आयोजनाले कुनै वास्ता गर्ने गरेको छैन ।

“कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,” स्थानीयवासी पूर्णबहादुर खड्काले भने । लामो समयदेखि पानी नपर्दा किसानले हिउँदे आलु र गहुँ खेतीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ ।

खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहोरजन्य वस्तु जथाभावी फाल्दा यहाँ प्रदूषण बढ्दै गएको स्थानीयवासी हर्कबहादुर राई बताउछन् । “खानेपानीको मुहान दूषित बनाएपछि स्वास्थ्यमा असर परिरहेको छ,” उनले भने ।

आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेल चाँडै नै मर्मत गरेर कुलो सञ्चालनमा ल्याइने बताउछन् । कुलो भत्किँदा करिब २५० घरधुरी प्रभावित भएका छन् ।
रासस

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ००:००