१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी एकता निष्कर्षतिरः नेम्वाङ



६ माघ, काठमाडौं । एमाले नेता सुवास नेम्वाङले माओवादी केन्द्रसँगको पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको संघीय मामिला तथा कानून विभागले आयोजित कार्यक्रममा मिल्नुको विकल्प नभएको नेम्वाङ बताए ।

अनेरास्ववियुले ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा उनले एमाले र माओवादी केन्द्र चाँडै एक हुने बताए ।

साथै कांग्रेसले संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनमा बाधा पु¥याईरहेको पनि दाबी गरे । “संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो,” उनले भने, “गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन ।”

कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकारमा ढिलाइ भएको बताए । नयाँ सरकारका लागि कानूनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको पौडेलले बताए ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्ध बनाउने दाबी गरे । रासस

प्रकाशित मिति : ६ माघ २०७४, शनिबार ००:००