१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय प्रशासनद्वारा शीतलहर पीडितलाई कम्बल वितरण



२६ पुस, राजविराज । एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयलेका अनुसार अत्यधिक चिसोले सप्तरीमा कठ्याङ्ग्रिएर २ बालबालिकासहित २० जनाको मृत्यु भईसकेको छ । स्थानीयबासी अतिप्रभावित भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण गर्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी र महदेवा गाउँपालिकाको २ सय अतिविपन्न तथा दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको छ ।

प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठका अनुसार महदेवा गाउँपालिका–१ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोइलाडी–७ को मंसापुरको मरिक टोलमा १३ र वडा नं ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनी–११ इनरुवाको ६० घरपरिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गरेको छ ।

यसैगरी हनुमानगर कंकालनी नगरपालिका–१३ गोवरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिब र विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको नगरप्रमुख शैलेश साहले बताए । रासस

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार ००:००