१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको सेवा प्रवाहबारे अध्ययन गर्न मन्त्रालयद्वारा टोली गठन



२३ पुस, काठमाडौँ ।
सरकारले स्थानीय तहको सेवा सञ्चालन र व्यवस्थापनको अवस्थाबारे सहजीकरण तथा अनुगमन गर्न टोली गठन गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा आएका विषय तथा कति स्थानीय तहका प्रमख एवं पदाधिकारीले दिएको जानकारी तथा गुनासो र सुझाव समेतलाई दृष्टिगत गरी सातै प्रदेशमा अनुगमन गर्न टोली गठन गरेको हो ।

‘प्रदेश नं १ देखि ७ सम्म क्रमशः सहसचिव आनन्दराज ढकाल, सुरेश ढकाल, डा हरि पौडेल, रामकृष्ण सापकोटा, पुरुषोत्तम नेपाल, वेदबहादुर कार्की र रुन्द्रसिंह तामाङको नेतृत्वमा टोली गठन गरिएको छ’ मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

जिल्ला–जिल्लाका लागि उपसचिवको नेतृत्वमा टोली गठन गरिएको छ । सहजीकरण तथा अनुगमन टोलीले कर्मचारी समायोजन, विषयगत कार्यालयको सम्पत्ति हस्तान्तरण, वडा कार्यालय सञ्चालन एवं व्यवस्थापन र सेवा प्रवाहको अवस्थाबारे अनुगमन गरेर प्रतिवेदन बुझाउनेछ ।
रासस

प्रकाशित मिति : २३ पुस २०७४, आइतबार ००:००